पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं,१५ असोज । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले मूल्य घटाएको छ ।

निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धन प्रति लिटर ६ रुपैयाँले घटाएको हो । त्यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ ।

पेट्रोलको नयाँ मूल्य १५८ रुपैयाँ, डिजेल तथा मट्टितेलको नयाँ मूल्य १४७ रुपैयाँ, आन्तरिक हवाई ईन्धन १२६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंको हकमा प्रति किलोलिटर ९६० डलर तथा पोखरा र भैरहवाको हकमा ८६० डलर कायम भएको छ ।

एलपीजी ग्याँसमा प्रति सिलिन्डर २६९।८० रुपैयाँले घाटा भए पनि पुरानो विक्री मूल्यलाई नै यथावत राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्