३० गते उपत्यकामा सार्वजनिक बिदा

काठमाडौ । आइतबार अर्थात वैशाख ३० गते काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा पर्ने भएकोले नेपाल सरकारले उपत्यकाका लागि मात्रै बिदा दिने र उपत्यका बाहेक अन्त भने बिदा नहुने जानकारी दिए ।

१४ चैत ०७४ मा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनामा बर्ष भरीमा हुने १०४ दिनको बिदा कटौती गरेर ८९ दिनमा झारेको सरकारले जात्रा लाग्ने चार दिनको भने बिदा कटौती गरेको थिएन। त्यसैले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा लगायत अन्य चार वटा जात्रा लाग्ने दिन पनि काठमाडौं उपत्यकामा बिदा हुने उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्