गत साताभरी बढेको सुनको मूल्य आज सामान्य घट्यो

कठमाडौं, १३ असोज । गत साताभरी लगातार बढेको सुनको मूल्य आइतबार भने सामान्य घटेको छ । पछिल्लो सातादेखि निरन्तर नयाँ रेकर्ड मूल्यमा  कायम गरेको सुनको मूल्य आज सामान्य घटेको हो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कायम भइ कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्