सुनको मूल्यले निरन्तर छैठौँ दिन पनि बढ्यो

क्काठमाडौंं, असोज ११ । हप्ताको छैठौं दिन नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । निरन्तर ६ दिनदेखि रेकर्ड बनाएर बढेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

गत बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको चाँदीको मूल्य आज भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, चाँदीको मूल्यले जेठ ७ गतेको रेकर्ड बनाएको थियो । सो दिन चाँदीको मूल्य एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्