सुन भाउ लगातार ५औं दिन पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,१० असोज । सुनको भाउले लगातार ५ दिन बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । बिहीबारकै चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको छ ।
पछिल्लो समयमा इजरायल–लेबनान द्वन्द्व र युक्रेनमाथि रुसको हमलाका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् । यस्तै, अमेरिकी फेडरल रिजर्भले ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएपछि पनि सुनमा लगानीकर्ता थप आकर्षित भएका हुन् । जसको कारण यसको मूल्यमा वृद्धि देखिएको विश्लेषकहरुको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा यसको असर देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्