सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, अब तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ तिर्नु पर्ने

काठमाडौं, ९ असोज। सुनको मूल्यले लगातार ४ दिनदेखि नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।

यो हप्ताको सुरु आइतबारदेखि सुनको मूल्यमा रेकर्ड बनाउँदै आएको छ । यो सँगै पछिल्लो ४ दिनमा मात्र सुनको भाउ तोलामा ३३ सय रुपैयाँ बढेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भइ कारोबार भइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्