सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,८ असोज । सुनको भाउले दिन दिनै नयाँ रेकर्ड बनिरहेको छ । गत तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँ कायमभइ कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ पुगेको छ । सोमबार यस्तो मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्