सुनको मूल्ले फेरी बन्यो अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,६ असोज । हप्ताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

गत भदौ ३१ गते सुन प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकोमा आइतबार सो रेकर्ड तोड्दै अर्को नयाँ रेकर्ड कायम गरेको हो । सुनको भाउ बढ्ने क्रम अहिले पनि निरन्तर बढ्नेक्रमा छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९२० रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्