सनराईज बैंकको पनि सेयरमूल्य समायोजन

काठमाडौं । सनराईज बैंकको सेयरमूल्य आज समायोजन भएको छ । गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो ।

नेप्सेले जनाएअनुसार सनराईज बैंकको १५ प्रतिशत बोनस सेयरपछि २९२ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २९२ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३८३ रुपैयाँ कायम भएको छ

प्रतिक्रिया दिनुहोस्