प्राइम लाइफ इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अवितरित २ लाख ७१ हजार ९ सय ७८ कित्ता सर्बसाधारण सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ ।

इच्छुक बोलकबोल दाताले जेठ जेठ ९ गते भित्र आवेदन दिई सक्नु पर्ने छ । आवेदन दिनको लागि लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, तथा लक्ष्मी बैंकको बिरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखाहरु तोकिएका छन् ।

इच्छुक बोलकबोल दाताले आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
कम्पनीले फागुन २७ गतेदेखि १ सय ६० प्रतिशतका दरले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्