रेकर्ड मूल्यबाट लगातार घट्यो सुनको मूल्य

काठमाडौं,३ असोज । सुन रेकर्ड मूल्यबाट निरन्तर तेस्रो दिन पनि घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८८० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्