तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छः कृषिमन्त्री रामनाथ अधिकारी

काठमाडौं, १ असोज । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको वताउनुभएको छ । काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन भन्नुभयो ।

आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको वताउनुभयो ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको वताउनुभयो । विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गर्नूभयो । किसान र सम्वन्धीत निकायवीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफु लागेको मन्त्री अधिकारीले वताउनुभयो ।

किसानको उत्पादन सहरसम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै कृषि वजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले  जोड दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्