मोदीको स्वागतका लागि निर्माण गरिएका स्वागत गेट हवाहुरीले ढले, बाह्रविघा पानीले जलमग्न

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढालेका छन् ।

शुक्रबार हुने मोदीको भ्रमणको लागि तीव्र रुपमा तयारी चलिरहेको बेला बुधबार बिहान आएको हावाहुरीसँगैको वर्षाले ठाउँ–ठाउँमा निर्माण गरिएको स्वागत गेट भाँच्नुको साथै बाह्रविघा जलमग्न बनेको छ ।

बाह्रविघामा जमेको पानी बिहानै प्रदेश सरकार र प्रहरी प्रशासनको सक्रियतामा निकालिएको छ ।

प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले बनाएको दुई दर्जन गेट भत्केको र भत्केको गेटहरुलाई पुनः बनाउने काम भैरहेको उपमेयर रीता झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्