सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

काठमाडौं, ३२ भदौ । हप्ताको दोस्रो दिन सोमबार सुनको मूल्य पुनः बढेको छ । आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलाम १५ बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्