सुनको मूल्य तोलाको १ लाख ५६ हजार ८०० पुग्यो

काठमाडौं,३० भदौ । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यमा रेकर्ड कायम हुँदै तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावका कारण सुनको भाउ बढिरहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्