कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जरचट्याङ्गसहित वर्षा

काठमाडौं, २९ भदौ। भदौ अन्तिममा पनि आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनएको छ

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू(भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । सबैलाई सर्तक रहन विभागले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्