सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलामै ३ हजार बढ्यो
काठमाडौं,२८ भदौ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गत भदौ २५ गते बनाएको रेकर्डलाई आज पुनः तोडेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढिरहेको छ । जसका कारण यहाँ पनि त्यसको असर देखिएको सुनचाँदी व्यवसायीहरु बताउछन् ।
त्यसैगरि, चाँदीको मूल्यमा पनि भारी वृद्दि भएको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाले बढेको हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्