देशभर गर्मी बढ्यो, बेलुकी पख देशका धेरै ठाउँमा हावाहूरीसहित पानी पर्ने अनुमान

काठमाडौं । उपत्यका सहित देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो । राती र बिहानको समयमा पानी परे पनि अहिले मध्य र पश्चिमका धेरै ठाउँमा मौसम सफा भई घाम लागेको छ ।

नेपालगन्जमा मंगलबार यस वर्षकै गर्मी भएको थियो । मंगलबार नेपालगन्जको तापक्रम ३९।१ डिग्री सेल्सियस पुगेको थियो । आज पनि त्यहाँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवाको तापक्रम ३८।६ डिग्री सेल्सियस पुगेको छ ।

काठमाडौंको तापक्रम भने ३० डिग्री सेल्सियस छ । प्रि मनसुन चलिरहेको र पश्चिमी वायूको प्रभावका कारण आज बेलुकी पख देशका धेरै ठाउँमा मौसम बद्ली भई हावाहूरीसहित पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्