साउनमा जीवन र निर्जीवन लघुबीमा कम्पनीको व्यापार करिब पौने ९ करोड
काठमाडौं,२७ भदौ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा लघुबीमा कम्पनीहरूले करिब ९ करोड रुपैयाँको व्यापार गरेका छन् ।
चालु आवको साउन महिनामा ७ लघु बीमकले ८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
जसमध्ये लघु निर्जीवन बीमकले ३ करोड ७० लाख र लघु जीवन बीमकले ५ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार निर्जीवनतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । नेपाल माइक्रोले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरको छ भने, प्रोटेक्टिभ माइक्रोले १ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
जीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क १ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने, क्रेष्ट माइक्रो लाइफ र निबर्टी माइक्रो लाइफले क्रमशः १ करोड २९ लाख र ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्