दशैं तिहारलाई लक्षित गर्दै चिनी आयातमा भन्सार छूट

काठमाडौं,२६ भदौ । नेपाल सरकारले यस पटकको दशैं तिहारमा पनि चिनी आयातमा भन्सार छूट दिने भएको छ । मन्त्रिपरिषद्ले यस पटक पनि चिनी आयातमा लाग्ने भन्सारमा ५० प्रतिशत छूट दिने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिए ।

प्रवक्ताका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन गरी कूल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट दिएर आयात स्विकृती दिने निर्णय गरिएको हो ।

त्यस्तै, सरकारले गतवर्ष यसैगरी चिनी आयातको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असार २ मा २५ हजार टन चिनी निर्यात अनुमति कोटामध्ये १९ हजार टन चिनी कच्चा पदार्थका रूपमा प्रयोग गर्न इच्छुक उद्योगलाई आवेदन दिन भनेको थियो । सोहीअनुसार ७ वटा निजी कम्पनीले आयात अनुमति पाएका हुन ।

चिनी आयातमा आयातमा अहिलेको कर व्यवस्था अनुसार ३० प्रतिशत भन्सार महसुल लाग्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भुक्तानी कर ५ प्रतिशत तिर्नुपर्छ । यी सबै जोडेर नेपालसम्म आइपुग्दा चिनीको मूल्य महंगो पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्