सुन र चाँदीको भाउ मंगलबार पनि बढ्यो
काठमाडौं,२५ भदौ । हप्ताको तेस्रो दिन मंगलबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्