ऊर्जा मन्त्रालयद्वारा श्वेतपत्र जारी (पूर्णपाठसहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित श्वेतपत्र जारी गरेको छ ।
‘शिक्षा र स्वास्थ्यको लागि उज्यालो विशेष कार्यक्रम’, ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’, ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी’, ‘हरेक घर, उर्जा घर’, ‘घर घरमा विद्युतीय चुल्हो’, ‘हरेक बस्ती, उर्जा बस्ती’ जस्ता नाराका साथ १० बर्षमा १५ हजार बिद्युत उत्पादन गर्ने लक्ष्यसहितको श्वेत पत्र सार्वजनिक गरिएको हो ।

श्वेतपत्रमा तीन वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको छ । आगामी १० वर्षमा नेपाललाई मात्रै १० हजार विद्युत् आवश्यक पर्ने अनुमान मन्त्रालयको छ ।
श्वेतपत्रमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना २०७५/७६ भित्र सक्ने लक्ष्य लिइएको छ ।

 

श्वेतपत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्