अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ थप कमजोर

काठमाडौ,२१ भदौ । शुक्रबार नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज अमेरिकी डलरको भने खरिददर १३४ रुपैयाँ ८ पैसा रहेको छ, भने बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा पुगेको छ । यससंगै नेपाली रुपैयाँ थप कमजोर भएको हो ।

यूएस डलरको हालसम्मकै यो नै उच्च मूल्य हो । यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६६ पैसा बिक्रीदर पुगेको थियो ।

त्यस्तै, युरो एकको खरिद १४८ रुपैयाँ ९३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ६० पैसा भएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७० पैसा तोकेको छ ।

कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९५ पैसा तोकेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ९१ पैसा र बिक्रीमा ३१ रुपैयाँ ५ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्