सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

काठमाडौं,२१ भदौ । हप्ताको छैठौ दिन सुनको भाउले अर्को नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन एकै पटक प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि भदौ १३ गते बनाएको सुनको रेकर्ड मूल्य  प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँ लाई उछिनेको हो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोलामा ३० रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्