सुनको भाउ स्थिर चाँदीको भने सामान्य घट्यो

काठमाडौं,२० भदौ । सुनको मूल्य चार  दिनदेखि  स्थिर रहेको छ । आज बिहीबार पनि सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिन यतादेखि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा स्थिर छ ।

त्यसैगरि, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्