१६ एसएसपीको डिआइजीमा बढुवा सिफारिस, एआइजीको दरबन्दी टुंगो लागेन

काठमाडौं । एर्आजीको दरबन्दी टुंगो नलागेपपछि गृह मन्त्रालयले तल्लो तहको बढुवा प्रक्रिया अघि बढाएको छ। सोमबार १६ एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरिएको छ।

प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा सिफारिस समितिले बरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा एसएसपी केदार रिजालको सिफारिस भएको छ।
बढुवा उपर एक हप्ताभित्र उजुरी गर्न पाइन्छ। तर, सिफारिस हेरफेर भने नहुने भएकाले सिफारिस भएकाहरु नै बढुवा हुने छन्।

कति एआईजीको दरबन्दी राख्ने तय नुहँदा डिआईजीबाट एआईजी बढुवा प्रक्रिया अघि बढ्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्