सुनको मूल्यले नयाँ रेकर्ड बनायो, अब एक तोला खरिद गर्न ५३ हजार १०० रुपैयाँ तिर्नु पर्ने

काठमाडौं, १२ साउन । बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ ।
मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्