मोदीको भ्रमणक्रममा सीमा अतिक्रमणको विषयलाई राख्न सरकारसँग सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका हुन् ।
सांसदहरु इन्दु कडरिया, अनिता देवकोटा र हरिराम चौधरीले कन्चनपुरमा पटक–पटक भारतीय पक्षबाट सीमा अतिक्रमण र ज्यादती भइरहेकाले यसलाई रोक्न प्रधानमन्त्री तहमै छलफल गर्न माग गरेका हुन् ।
सांसदहरुले सरकारले पुनर्वास समस्या समाधानका लागि तत्काल ठोस पहल नगरे मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्