लक्ष्मी लघुवित्तको प्रतिसेयर आम्दानी ९० रुपैयाँबाट ३७ रुपैयाँमा झर्यो

काठमाडौं । लक्ष्मी लघुवित्तले हकप्रदबाट दोब्बरले पूँजी बढाए पछि सोही अनुपातमा कमाई नबढ्दा कम्पनीको यस्तो हालत देखिएको हो ।
लघुवित्तले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको देखिएको हो । विभिन्न शिर्षकमा भएका खर्चको आकार बढेका कारण लघुवित्तको कमाई घटेको देखिएको हो । आम्दानीको अवस्था ठिकै हुँदा खर्चका कारण सञ्चालन मुनाफा प्रभावित बनेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४५ पैसा थियो । अहिले उसको प्रतिसेयर आम्दानी ३७ रुपैंया २० पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्