स्थानिय र प्रहरीबिच विवाद हुदा पर्सामा गोली चल्यो

काठमाडौं । स्थानिय र प्रहरीबिच विवाद हुदा पर्सामा गोली चलेको छ । पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प हुँदा गोली चलेको हो ।

झड्का क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतिय नागरीक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानिय र प्रहरीबिच सोमबार विहान झड्प भएको बताईएको छ ।

स्थानियले ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछी स्थिती नियन्त्रणमा लिनका लागी हवाई फायर गरिएको इन्सपेक्टर ज्ञान कुमार महतोले जानकारी दिएका छन् ।

झडपमा परी पाँच जना प्रहरी घाईते भएका छन् ।  स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानियले प्रहरीको सरकारी मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्