राष्ट्रिय पत्रकारिता दिवस आज, वरिष्ठ सञ्चारकर्मीलाई सम्मान गरिदै

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।

तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गर्दै छ ।

सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ईमेज च्यानलका समाचार प्रमुख डा महेन्द्र विष्ट र पत्रकार डा। राजेश अहिराजलाई प्रदान गर्नेभएको छ । डा। विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन ।

यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस २०७५ को अबसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नु हुनेछ । पुरस्कारको राशी जनही दुई लाख रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्