बैंकहरुले घटाउन थाले सेयर धितो कर्जाको ब्याज
काठमाडौं,२ भदौ । सेयर बजारले नयाँ–नयाँ रेकर्ड बनाइ रहेको छ । नेप्से परिसूचक मात्र भएर करोबार रकमले पनि रेकर्ड ब्रेक गरि रहेको छ । बैंक तथा वितिय संस्थाले कर्जा ब्याजदर महिनै पिच्छे घटाई रहेका छन् । ब्याजदर घट्दा बजार वृद्धि दिगो हुने अनुमान गरिएको छ । तथ्यांकले पनि ब्याजदर तथा बेस रेट निरन्तर घटेको देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर महिनैपिच्छे घट्दै गएको छ । अहिले अधिकांश बैंकको आधार दर एकल अंकमा नै आएको देखिन्छ । अन्य शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जाको ब्याजदर पनि घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।
विगत लामो समय देखिको अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । जसका कारण आधार दरमा पनि कमी आउँदा सेयर धितो कर्जाको ब्याजदर पनि सोही अनुसार क्रमशः तल झर्दै आएको हो ।
ब्याजदर सस्तो हुँदा सेयर धितो राखेर कर्जा लिने लगानीकर्तालाई पनि राहत महशुस गरेका छन् । ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध रहने गर्दछ । ब्याजदर उच्च हुँदा सेयर बजारमा नकारात्मक असर पर्छ भने ब्याजदर न्यून हुँदा सकारात्मक असर पर्दछ । तसर्थ, ब्याज घट्दै गएकोले सेयर बजारलाई अझै फाइदा मिल्ने देखिन्छ अनुमान गर्न कठिन छैन ।
अहिले धेरै बैंकहरुको आधार दर एकल अंकमा झरेको छ । बैंकहरुले आधार दरमा न्यूनतम शून्यदेखि अधिकतम ५ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएको बताएका छन् । तर पछिल्ला महिनाहरुमा प्रिमियम दर पनि बैंकहरुले घटाई रहेका छन् । बैंकले आधार दरमा १–२ प्रतिशत प्रिमियम जोडेर सेयर धितो कर्जा प्रवाह गर्न थालेको छन् । यसले सेयर बजारमा सकारात्मक माहोल तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस्