नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं,३२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि सोही अनुसार निगमले पनि मूल्य घटाएको हो ।
आगामी १५ दिनको लागि नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ घटेर १६५ रुपैयाँ प्रति लिटर तथा डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँ घटाएर १५५ रुपैयाँ कायम भएको छ ।
आयल निगमलाई भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।
प्रतिक्रिया दिनुहोस्