बढ्दो कर वृद्धिविरुद्ध हेटौंडाका व्यवसायी आतंकित, अब व्यवसाय संचालन सम्भव छैन
काठमाडौं, ३२ साउन । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन् । मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् । मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आउन गरेको आग्रह अस्वीकार गर्दै व्यवसायीहरूले बाहिरै आएर साँचो बुझ्न आग्रह गरेका थिए ।
करको वृद्धिको दर यति भयावह छकि अब व्यवसाय गरेका आफ्नो व्यवसाय बचाउन सम्भव रहेन । त्यसैले करको दरलाई नबढाई व्यवसाय गर्न सक्ने स्थिती कायम गर्न बारबार गरेको अनुरोधलाई व्यवास्ता गरेकोले हेटौंडाका व्यवसायीले व्यवसाय बन्द गरेर आन्दोलन र धर्नामा उत्रिनु परेको व्यवसायी बताउछन् ।
प्रतिक्रिया दिनुहोस्