यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको २९ घन्टे कार्यक्रम
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन् ।
तय भएको कार्यक्रम अनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ ।
भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउने छन् ।
त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन् । त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्