२ सय ४५ यातायात समितिका बैंक खाता रोक्का
काठमाडौं । सिन्डिकेट पक्षको आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुको राष्ट्र बैंकले खाता रोक्का गरेको छ ।
सरकारले खारेज गरिसके पनि अवैध रुपमा सञ्चालनमा रहेका देशभरका २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का भएका छन् ।
राष्ट्र बैंकका अनुसार थप समितिहरुको पनि खाता रोक्का हुन सक्ने सम्भावना छ ।
सरकारले सम्मपति छानविन गरिने भन्दै शुक्रबार गरेको निर्णयअनुसार आईतबार राष्ट्र बैंकले ती समितिको खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
सातवटै प्रदेशमा करिब २ सय ४५ वटा यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
जसमध्ये प्रदेश १ मा ३५, २ मा १०, ३ मा ११८, ४ मा २४, ५ मा ४०, ६ मा १२ र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता छन् ।















प्रतिक्रिया दिनुहोस्