अब मदिरा नियन्त्रणमा कडाई , देशभर मदिरा नियन्त्रण अभियान चलाइने

काठमाडौं। अब मदिरा नियन्त्रणमा कडाइ गरिने भएको छ । यसका लागी गृह मन्त्रालयले देशव्यापीरुपमा मदिरा नियन्त्रण अभियान सन्चालन गर्ने भएको छ ।

गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमामात्रै मदिरा बिक्री–वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो ।

सोहीक्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृह मन्त्रालयमा सो विषयमा छलफल गरेका छन् ।

छलफलमा गृहमन्त्री थापाले समाज, परिवारमा विखन्डनको प्रमुख कारण मदिरा रहेको र यसको नियन्त्रण गर्ने तयारी थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेत्रीहरुसँग आग्रह गरे ।

उनले पछिल्लो समय बढिरहेको महिला हिंसाको कारणसमेत मदिरा नै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको करभन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौं गुणा घातक रहेको टिप्पणी गरे ।

देशभर रहेका करिब ६ हजार ५०० स्थानीय तहका वडाहरुमा विभिन्न राजनीतिक पार्टी आबद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समूह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सन्चालन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्