बीर अस्पतालबाट सरसफाई अभियान सुरु, अभियानमा मन्त्री सक्रिय
काठमाडौं । सरकारी अस्पतालमा फोहोर र प्रर्दूषण हुनु त स्वभाविक कुरो भन्दा पनि अतियुक्त नहोल ।
तर, हरेक निकायमा सरकारले गरेको कारवाही र निगरानीले गर्दा सरकारी कर्मचारीलाई तनाव भएको छ । सरकार अस्पताल वीर अस्पतालमा आजदेखि सफाई अभियान चालेको छ ।
जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा जती शौचालय भए पनि प्रयोग गर्न सकिने अबस्थाको छैन । शौचालय जाँदा डुङ्गडङ्गती गहनाउने गर्छ । जती सरकार निर्देशक फेरीयर निर्देशन दिए पनि अस्पतालको हाल र अवस्था फेरीको छैन । शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हँुदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन सक्रीय रुपमा लागेको छन् । उनले जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भने, ‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति जस्तो गरि संरक्षण गरौं । सबै यस कार्यमा जुटौं भनि सोचेर यस अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’
एक सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको उहाँको भनाइ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले अस्पताल राजधानीको मुटुमै भएकाले हरेक दिन ठूलो संख्याको मानिसको आवागमन हुने भएकाले सफाइमा चुनौती भए पनि सफा गर्ने लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरे
अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले पछिल्लो समयमा अस्पतालमा धेरै सुधार भइरहेकाले बिरामीले सहज सेवा पाइरहेको दावी गर्दै अस्पतालको पूर्वाधार, रंगरोगन र सरसफाइसँगै आवश्यक उपकरणलगायत प्रविधिसमेत थपिँदै गएका कारण मुहार फेरिँदै गएको बताए ।
पुराना संरचनाका भएको अस्पतालका धेरै स्थानमा घिनलाग्दा कक्ष, भ¥याङ, भूइँ र भित्ता तथा प्राङ्गणको फोहोरले बिरामीसँगै गएका कुरुवा आफ्न्त पनि बिरामी हुने अवस्था छ । अस्पतालमा खटिने १५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अपेक्षित नतिजा देखिएको छैन ।
देशका कुनाकाप्चाबाट उपचार गराएर स्वस्थ हुने विश्वासका साथ दैनिक तीन हजार बिरामी अस्पतालमा आइपुग्छन् । हरेक दिन कुनै न कुनै काम लिएर पाँच हजार बढी मानिस वीर अस्पताल आवतजावत गर्ने गर्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख देशमा भर्ना भएका सय बिरामीमध्ये १० जना संक्रमणका कारण मृत्युको मुखमा पर्छन् भने विकसित देशमा सयमध्ये सातभन्दा कम व्यक्तिको संक्रमणका कारण मृत्यु हुन्छ ।
चौबीस वर्षदेखि अस्पतालको सुरक्षाका निम्ति खटिरहेका चौकीदार राजाराम आचार्यले पहिले अस्पतालमा छिर्नासाथ दुर्गन्धले आक्रमण गर्ने भए पनि अहिले यो समस्या कम हुँदै गएको बताउनुभयो ।
मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५÷१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको छ । भने नेपाल सरकारका सरसफाइदूत सीताराम कट्टेल पनि अभियानमा सामेल छन् ।
अष्ट्रेलियाबाट नेपाल आउनुभएका खेम्स क्लिनिङका खेम शर्माका १५ स्वयम्सेवकसहित अस्पतालका १० सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका छन् ।
शर्माले भने, ‘हामी वैज्ञानिक रुपमा गरिने सफाइबारे वीर अस्पतालमा कार्यरत कर्मचारीलाई सिकाउने छौँ ।’’ सरसफाइदूत कट्टेलले वीर अस्पतालमा भएको सफाइ अभियानले देशभर तरङ्ग ल्याउने बताए । उनले सबैले आ–आफ्नो दायित्वबोध गर्न सक्ने हो भने हरेक अस्पताल सफा र स्वच्छ हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्