बंगलादेशको सेयर बजार  लगातार तेस्रो दिन पनि बढ्यो

काठमाडौं,२५ साउन । बंगलादेशको सेयर बजारमा लगातार ३ दिनदेखि वृद्धि देखिएको छ । ढाका स्टक एक्सचेन्जको बेन्चमार्क ‘डीएसइएक्स’ सूचकांक बिहीबार ५.४४ प्रतिशत बढेको छ । सूचक ३०६ अंकले बढेर ५९२४ विन्दुमा आईपुगेको छ । त्यस्तै, ‘डीएस ३०’ इन्डेक्स पनि ५.४६ प्रतिशत बढेको ढाका स्टक एक्सचेन्जले जनाएको छ ।

बंगलादेशको सेयर बजार २०२४ को फेब्रुअरी ११ देखि जुन महिनासम्म निरन्तर घट्ने क्रममा थियो । सेयर बजार ६४४७ विन्दुबाट जुन १२ सम्म आइपुग्दा ५ हजार विन्दुसम्म झरेको थियो । यो सेयर बजारमा भएको ३ वर्ष यतालै सबैभन्दा न्यून विन्दु हो । अहिले बजार उक्त न्युनबिन्दुबाट बढेर करिब ६ हजार विन्दुसम्म पुगेको छ ।

बंगलादेशको राजनीतिक घटनाका कारण बजारमा वृद्धि देखिएको जनाइएको छ । शेख हसिना र सरकारबाट उनको मन्त्रिपरिषद्को पतनपछि आज लगातार तेस्रो दिन पनि बजार बढेको ‘द डेली स्टर’ले जनाएको छ । त्यसैगरी, बंगलादेशको अर्को एक्सचेन्ज चिटगाउँ स्टक एक्सचेन्जमा पनि बढोत्तरी आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्