बेलायतका परराष्ट्र राज्यमन्त्री मार्क फिल्ड आज नेपाल आउदै !

काठमाडौं  । बेलायतका एसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्री मार्क फिल्ड आज नेपाल आउनुहुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको काठमाडौँ स्थित बेलायती दूतावासले जनाएको छ ।

नेपालको २०० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध विस्तारका लागि मार्क नेपाल आउन लागेको दूतावासले जारी गरेको वक्तव्यमा जनाइएको छ । भ्रमणका क्रममा द्विपक्षीय व्यापार, लगानी वृद्धि र संघीयता कार्यान्वयनका लागि बेलायतले नेपाललाई गर्ने सहयोगका विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्