मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाबुछोराको मृत्यु

काठमाडौं ।  भरतपुर महानगरपालिका–१४ वीरेन्द्रटोलमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ना १४प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उहाँका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुवै जनाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्