साइबर आक्रमणले भारतका साना बैंक तथा वित्तिय संस्थाहरुको भुक्तानी प्रणाली प्रभावित

काठमाडौं,१७ साउन । भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अवरोध आएका कारण निराकरण अवधिसम्मको लागि बन्द भएको छ । समाचारमा भनिएको छ, रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमणले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ ।

भारतमा भुक्तान प्रणालीको निरीक्षण गर्ने निकाय नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाले बुधबार बेलुका विज्ञप्ति सार्वजनिक गर्दै एनपीसीआईद्वारा सञ्चालित खुद्रा भुक्तानी प्रणालीको पहुँचबाट सी एज टेक्नोलोजीलाई अस्थायीरुपमा अलग गरेको जानकारी गराएको छ । यसअवधिमा सी एजद्वारा सेवा प्राप्त बैंकका ग्राहकहरुले भुक्तानी प्रणालीको पहुँच गर्न असक्षम हुने एनपीसीआईले जनाएको छ ।

साइबर आक्रमणबाट थप ठूलो असर पर्न नदिन साना बैंकहरुलाई देशको भुक्तानी नेटवर्कबाट अलग गरिएको जनाइएको छ । यीमध्ये धेरैजसो साना बैंकहरु रहेकाले देशको भुक्तानी प्रणालीको आकारको करिब ०.५ प्रतिशत मात्र प्रभावित हुने स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा लगभग १५ सय सहकारी र क्षेत्रीय बैंकहरु रहेका छन् । भारतको ठूला शहरहरु भन्दा बाहिर सञ्चालित छन् । यीमध्ये केही बैंकहरु प्रभावित भएको बताइएको छ ।

एनपीसीआईले आक्रमण थप नफैलियोस् भनेर शुक्ष्म अडिट गरिराखिएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया र भारतीय साइबर अधिकारीहरुले केही साता अघि मात्रै भारतीय बैंकहरुलाई सम्भावित साइबर आक्रमणहरुबाट सजग रहन चेतावनी जारी गरेका थिए ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्