सुन र चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं, १६ साउन । बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी तोला ४० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरि, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्