त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा कुलपतिको हैसियतले प्रधानमन्त्री ओली

काठमाडौं, १५ साउन । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक आज बसेको छ।

आगामी दिक्षान्त समारोहको लागि ग्रेस लिष्टमा परेका विद्धार्थीको लिष्ट पारित गर्नको लागि बैठक बसेको हो।

बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, उपकुलपति केशरजंग बराल लगायत उपस्थित छन्।

बैठकमा पदाधिकारीले गाउन र टोपी लगाएर उपस्थित भएका थिए।

त्रिभुवन विश्वविद्यालयको आगामी दिक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्