सुन तोलामा ४०० रुपैयाँ बढ्यो

काठमाडौं,१४ साउन । सोमबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँ बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्