सेयर बजार फेरी दोस्रो सर्किट, धेरै बढ्नेमा बैंक
काठमाडौं । सेयर बजारमा पुनः दोस्रो सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो ।
दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.८८ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः २० मिनेटका लागि बन्द भएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो । यसअवधिमा २३५ कम्पनीको १३ लाख २०५ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार ३ सय पचासी रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्