सुनचाँदी दुबै धातुको मूल्य बढ्यो
काठमाडौं, १३ साउन।आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
आज तोलामा १ हजार रुपैयाँ बढेर छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि आज चाँदी तोलामा १० रुपैयाँले बढ्ेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्