बैंक दर र नीतिगत दर घट्यो

काठमाडौं,११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत गरेको छ ।

नीतिगत दर ५।५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस व्यवस्थाले ब्याजदर थप सस्तो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्