चालु आ.व.मा मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने केन्द्रिय बैंकको लक्ष्य

काठमाडौं,११ साउन । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।

बजेटले आर्थिक वर्ष २०८१/८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ । जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ ।

वार्षिक आधारमा जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ । राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो ।
गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आर्थिक वर्षको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्