सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने

काठमाडौं,११ साउन । नेपाल राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनमा रहेको अडिटोरियल हलबाट मौद्रिक नीति वाचन गर्ने कार्यक्रम रहेको छ ।

आजै राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरिसकेको छ । सञ्चालक समिति बैठक पनि सकिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्